कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

इलाममा असार ७ सम्म लकडाउन थपियो

विप्लव भट्टराई

इलाम — कोभिड १९ दोस्रो लहरको संक्रमणलाई कम गर्न गएको वैशाख २८ देखि जारी निषेधाज्ञा इलाममा असार ७ गते सम्मलाई थपिएको छ ।

जिल्लामा संक्रमण दर घटे पनि जोखिम यथावत रहेको भन्दै जिल्ला कोभिड व्यवस्थापन समितिको आइतवार बसेको बैठकले निषेधाज्ञा थप गर्ने सिफारिस गरेको हो । जिल्लामा अहिले पनि ७ सय ५२ जना सक्रिय संक्रमित रहेकाले जोखिम कायम रहेको समितिको ठम्याइ हो ।

इलाममा कोभिड १९ को दोस्रो लहरवाट १ हजार ४ सय ६१ जना संक्रमित भएका छन् । कोभिडका कारण ३४ जनाको ज्यान गएको छ भने ६ सय ७५ जना निको भएका छन् ।

प्रकाशित : जेष्ठ ३०, २०७८ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?