इलाममा असार ७ सम्म लकडाउन थपियो- प्रदेश १ - कान्तिपुर समाचार

इलाममा असार ७ सम्म लकडाउन थपियो

विप्लव भट्टराई

इलाम — कोभिड १९ दोस्रो लहरको संक्रमणलाई कम गर्न गएको वैशाख २८ देखि जारी निषेधाज्ञा इलाममा असार ७ गते सम्मलाई थपिएको छ ।

जिल्लामा संक्रमण दर घटे पनि जोखिम यथावत रहेको भन्दै जिल्ला कोभिड व्यवस्थापन समितिको आइतवार बसेको बैठकले निषेधाज्ञा थप गर्ने सिफारिस गरेको हो । जिल्लामा अहिले पनि ७ सय ५२ जना सक्रिय संक्रमित रहेकाले जोखिम कायम रहेको समितिको ठम्याइ हो ।

इलाममा कोभिड १९ को दोस्रो लहरवाट १ हजार ४ सय ६१ जना संक्रमित भएका छन् । कोभिडका कारण ३४ जनाको ज्यान गएको छ भने ६ सय ७५ जना निको भएका छन् ।

प्रकाशित : जेष्ठ ३०, २०७८ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्

पार्टी सदस्य नै नरहेका व्यक्तिले गण्डकी प्रदेश प्रमुखलाई पत्र लेखेको भन्दै जसपाको आपत्ति

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टीले गण्डकी प्रदेश सकार गठनको सिलसिलामा पृथ्वी सुब्बा गुरुङ नेतृत्व को सरकारलाई समर्थन रहेको भन्दै जसपाको निर्णय र नीतिविपरीत प्रदेश प्रमुखलाई पत्र लेखेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले आइतबार विज्ञप्ति जारी गर्दै पार्टी साधारण सदस्य पनि नरहेका अनिल परियारले जसपा गण्डकी प्रदेश समितिको अध्यक्ष भनी गुरुङ नेतृत्वको सरकारलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुखलाई पत्र लेखेकोमा आपत्ति जनाएका हुन् ।

जसपा गण्डकी प्रदेश समितिको अध्यक्ष मोती रिजाल रहेको प्रस्ट्याउँदै कार्यालय प्रमुख अधिकारीले अनधिकृत कार्य नगर्न चेतावनीसमेत दिएका छन् । 'हुँदै नभएको हैसियतमा फर्जी र नक्कली लेटरप्याड, स्ट्याम्प बनाई प्रयोग गरी दिग्भ्रमित गर्ने कार्य अनैतिक, जालसाजी र फर्जी कार्य हो । यस प्रकारको अनधिकृत कार्य नगर्न पनि सम्बन्धितलाई चेतावनीका साथै सचेत गराइन्छ,' विज्ञप्तिमा भनिएको छ, 'भविष्यमा यस्ता फर्जी र जालसाजीपूर्ण कार्य गरेको पाइएमा कानुनबमोजिम सजायको समेत भागीदारी हुनुपर्ने छ ।'

अधिकारीले जसपा कुनै पनि प्रकारको प्रतिगमन तथा प्रतिगमनकारी र संघीय लोकतन्त्र, गणतन्त्र मास्ने कार्यहरुको सधैं विपक्षमा अडिग रहनेसमेत विज्ञप्तिमार्फत प्रस्ट पारेका छन् ।


प्रकाशित : जेष्ठ ३०, २०७८ १७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×