१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

धनकुटामा असार ३ गतेसम्म थपियो निषेधाज्ञा

रमेशचन्द्र अधिकारी

धनकुटा — जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्लाभर बुधबार मध्यरातिदेखि आगामी असार ३ गतेसम्मका लागि निषेधाज्ञाको समय लम्ब्याएको छ । कोरोना भाइरस संक्रमण समुदायस्तरमा तीव्र बन्दै गएपछि प्रशासनले गत वैशाख २० गतेदेखि निषेधाज्ञालाई निरन्तरता दिँदै आएको छ ।

जेठ २५ देखिको अवधि सकिएपछि पुनः बुधबार मध्यरातदेखि ८ दिनका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिए । जिल्ला कोभिड व्यवस्थापन समिति (डिसीसीएमसी) को बैठकले निषेध आदेशको निर्णय गरेको दाहालले बताए ।

निषेधाज्ञाको समयमा अत्यावश्यक दैनिक उपभोग्य वस्तुका पसल बिहान ७ देखि १० बजेसम्म खुला हुनेबाहेक अन्य सम्पूर्ण व्यवसाय तथा पसल, निजी, सार्वजनिक भाडाका सवारी साधनहरु बन्द रहने छ । दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्री, फोहर बोक्ने सवारी साधन, एम्बुलेन्स, प्रेसका साधनलाई सञ्चालनमा दिइने जनाइएको छ । बैंक तथा वित्तीय संस्था आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान ८ देखि ११ बजेसम्म संचालन गरिने निर्णय गरिएको छ । यस्तै, बजार पसलको अवस्थाबारे उद्योग वाणिज्य संघ धनकुटाले निरन्तर अनुगमन गर्ने जनाएको छ ।

प्रकाशित : जेष्ठ २६, २०७८ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?