जंगली च्याउ खाँदा इलाममा दुईको मृत्यु- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जंगली च्याउ खाँदा इलाममा दुईको मृत्यु

कान्तिपुर संवाददाता

इलाम — जंगली च्याउ खाएर इलाममा दुईजनाको ज्यान गएको छ । सन्दकपुर गाउँपालिका १ खोलाघारीका ५० वर्षीय टिकाबहादुर राई र सोहि स्थानका ५२ वर्षीय जितबहादुर राईको ज्यान गएको हो ।

गत २२ गते च्याउ खाएर बिरामी परेका ४ जनामध्ये उपचारकै क्रममा झापाको बिएण्डसी अस्पतालमा उनीहरुको निधन भएको प्रहरीले जनाएको छ ।

जंगली च्याउ खाँदा इलाम नगरपालिका ३ पुवामझुवाका ३५ वर्षीय वीरमान राई, उनकी श्रीमती ३२ वर्षीय बिष्णुकुमारी राई समेत बिरामी भई बीएण्डसीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

प्रकाशित : जेष्ठ २५, २०७८ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्

सिन्धुलीमा सरकारविरुद्ध प्रदर्शन

राजकुमार कार्की

सिन्धुली — प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम, नागरिकता अध्यादेश, चरम मूल्यवृद्धिको विरोधमा विपक्षी गठनबन्धनका भातृसंस्था एवं विद्यार्थी संगठनहरुले मंगलबार सिन्धुलीमा प्रदर्शन गरेका छन् । 


उनीहरुले दिउँसो सिन्धुलीमाडीको लोकतान्त्रिक चोकमा एक घण्टा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा विपक्षी गठबन्धनका भातृ संगठनहरु कांग्रेसको नेविसंघ, तरुण दल, माओवादी केन्द्रको वाईसीएल, अखिल क्रान्तिकारी र एमाले खनाल–नेपाल पक्ष अनेरास्ववियू र युवा संघमा आबद्ध नेता, कार्यकर्ता प्ले कार्डसहित कालोपट्टी बाँधेर गोलबद्ध भई धर्नामा बसेका थिए ।

उनीहरुले ओली सरकारका उपप्रधानमन्त्री राजेन्द्र महतोको राष्ट्रघाती अभिव्यक्ति भन्दै विरोध जनाए । सहभागीले सरकारलाई व्यंग्य गर्दै ‘अझै कति चुरीफुरी, थुक्क छि छि कुरीकुरी, लाज शरम पचायो, देशलाई बन्धक बनायो’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित : जेष्ठ २५, २०७८ १८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×