३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

किरियापुत्री बसेका दम्पतीको जलेर मृत्यु

संखुवासभा — किरिया बसेका एक दम्पतीको जलेर मृत्यु भएको छ । मादी–५ च्याङरिङमा आगलागीमा परेर शुक्रबार बिहान ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र उनकी पत्नी ४४ वर्षीया कमला दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काजकिरियाका लागि उनीहरु बसेका थिए । वडाध्यक्ष नेत्रप्रसाद दाहालका अनुसार साताअघि निधन भएका ८४ वर्षीय बुबा कृष्णप्रसाद काजकिरियाका लागि चार छोरा–बुहारी र छोरीसहित १२ जना एकै घरमा बसेका थिए । राजेन्द्र र कमला ‘केही काम छ’ भनेर मूलघरबाट नजिकैको आफ्नो घर गएका थिए । उनीहरु नफर्किएपछि खोज्न जाँदा उक्त घरमा आगलागी भएको स्थानीयले देखेका थिए ।

घरको ढोका फोरेर भित्र पस्दा राजेन्द्र आगोमा परेर जलेका थिए भने कमला जलेर मृत फेला परेकी वडाध्यक्ष दाहालले बताए । घरको माथिल्लो तलामा मट्टितेल र दाउरा फेला परेका कारण घटना शंकास्पद भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको डीएसपी नवराज मल्लले बताए ।

प्रकाशित : जेष्ठ २१, २०७८ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?