२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

प्रदेश १ बजेट अधिवेशन आह्वान गर्ने तयारी

विराटनगर — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभाको बजेट अधिवेशन जेठ २४ वा २५ गते आह्वानका लागि सिफारिस गर्ने प्रतिबद्धता जनाएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बोलाएको सर्वदलीय बैठकमा मुख्यमन्त्री राईले उक्त प्रतिबद्धता जनाएका हुन् । 

प्रदेश १ बजेट अधिवेशन आह्वान गर्ने तयारी

‘मुख्यमन्त्रीले बजेट अधिवेशन लगायतको समसामयिक विषयमा छलफलका विपक्षी दलहरूसँग सर्वदलीय बैठक बोलाउनुभएको थियो,’ जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले भने, ‘बैठकमा उहाँले जेठ २४ वा २५ गते प्रदेशसभाको बैठक आह्वानका लागि सिफारिस गर्ने प्रतिबद्धता जनाउनुभयो ।’

बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसका नेता राजीव कोइराला, विपक्षी दलहरू माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो र जसपाका नेता यादव सहभागी थिए ।

प्रदेशसभा नियमावलीलगायतको कानुनी व्यवस्थाअनुसार बजेट आउनुभन्दा १५ दिनअगावै पूर्वबजेट छलफलका लागि प्रदेशसभाको बैठक आह्वान नगरेपछि प्रदेशका विपक्षी दलहरूले दबाब दिँदै आएका थिए ।

विपक्षी दलहरूले प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई समेत भेटेर प्रदेशसभाको अधिवेशन बोलाएर संवैधानिक र कानुनी व्यवस्थाअनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउन पहल गरिदिन आग्रह गरेका थिए । प्रदेश सरकारले असार १ गते बजेट ल्याउने संवैधानिक व्यवस्था छ ।

‘मुख्यमन्त्रीज्यूले बजेटको सिद्धान्त तथा प्राथमिकताबारे संसद्मा छलफल गर्ने विषयमा संवैधानिक निकास निकाल्न कानुनी सल्लाह गर्ने प्रतिबद्धता जनाउनुभयो,’ कांग्रेसका नेता कोइरालाले भने, ‘संवैधानिक र कानुनी मर्यादाअनुरूप नै नीति तथा कार्यक्रम र बजेट ल्याउने प्रतिबद्धता आएको छ ।’

प्रकाशित : जेष्ठ १९, २०७८ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?