कोरोनाले बाबुछोराको मृत्यु, परिवारका १० जना संक्रमित

अर्जुन राजवंशी

बिर्तामोड — कोरोना संक्रमणबाट झापाको भद्रपुर नगरपालिकामा बुबा र छोराको मृत्यु भएको छ । परिवारका अन्य १० जना संक्रमित छन् । भद्रपुर–४ महेशपुरका ७६ वर्षीय सुरेनचन्द्र राजवंशी र उनका ४८ वर्षीय छोरा अनुपसिंहको मृत्यु भएको हो ।

कोरोनाले बाबुछोराको मृत्यु, परिवारका १० जना संक्रमित

संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका छोरा अनुपसिंहलाई गत वैशाख २८ गते श्वासप्रश्वासमा समस्या भएको थियो । तत्कालै नगरपालिकाको एम्बुलेन्समा हालेर अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको थियो । नगरपालिकाको एम्बुलेन्समा अक्सिजन सिलिन्डरको व्यवस्था थिएन । श्वासप्रश्वासमा निकै समस्या भएका उनको बाटोमै मृत्यु भएको थियो ।

उनको मृत्युको तीन दिनपछि गत शुक्रबार परिवारका १३ जनाको पीसीआर परीक्षण गरिएको थियो । उनीहरुमध्ये मृतक अनुपका दुई जना छोरा र छोरीबाहेक परिवारका अन्यमा संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये बुबा ७६ वर्षीय सुरेनचन्द्रको मंगलबार बिहान ४ बजे होम आइसोलेसनमै मृत्यु भएको स्थानीय पुकारचन्द्र राजवंशीले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ४, २०७८ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?