बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा थप ५ जना संक्रमितको मृत्यु

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी कक्ष र कोभिड अस्पतालमा ५ जनाको मृत्यु भएको छ ।

बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा थप ५ जना संक्रमितको मृत्यु

कोरोना संक्रमण भएपछि प्रतिष्ठानमा उपचारका लागि ल्याइएकामध्ये पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार मृतकहरुमा मोरङको बेलबारी नगरपालिका–९ बस्ने २८ वर्षीया महिला, धनुषाको जनकपुर–१४ बस्ने १७ वर्षीया महिला, सप्तरीको बलान विहुल–६ बस्ने ४७ वर्षीय पुरुष, सप्तरीकै सुरुङ्गा १ बस्ने ७० वर्षीया महिला, उदयपुरको त्रियुगा नगरपालिका ३ बस्ने ५० वर्षीया महिला रहेका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७८ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?