३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

उदयपुरमा कोरोनाबाट थप दुईको मृत्यु 

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । उपचारको क्रममा उनीहरुको सोमबार मृत्यु भएको हो । 

उदयपुरमा कोरोनाबाट थप दुईको मृत्यु 

वैशाख २५ गते उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पुगेका कटारी नगरपालिका–४ का ७४ वर्षीय वृद्धको सोमबार बिहान मृत्यु भएको हो । ज्वरो आएर उपचार गर्न पुगेका उनलाई कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई अस्पतालमा आइसोलेसनमा राखेर उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले वताए ।

त्यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत त्रियुगा नगरपालिका–३ का ४६ वर्षीय पुरुषको बिहान मृत्यु भएको हो । थपिएका दुई सहित कोरोना संक्रमणबाट उदयपुरमा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

स्वास्थ्य प्रमुख सुबेदीका अनुसार जिल्लामा हालसम्म १ सय ६८ महिला र २ सय १९ जना पुरुष गरी ३ सय ८७ जना संक्रमित रहेका छन् ।

त्यसैगरी हालसम्म ७ महिला र १६ पुरुषसहित २३ जना निको भएर घर फर्किसकेका छन् । कोरोना संक्रमित मध्ये सबैभन्दा बढी त्रियुगा नगरपालिकामा १ सय ९७, बेलका नगरपालिका ६६ , चौदण्डिगढी नगरपालिका ५९ , कटारी नगरपालिका ३६, रौतामाई गाउँपालिकामा १५ , लिम्चुङ्गबुङ्ग गाँउपालिका ८ र उदयपुरगढीमा ७ जना रहेको स्वास्थ्य प्रमुख सुबेदीले बताए ।

प्रकाशित : जेष्ठ ३, २०७८ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?