१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मोरङमा पत्रकारका लागि ‘कोभिड समन्वय कोष’

मोरङ — नेपाल पत्रकार महासंघ मोरङ शाखाले कोरोना संक्रमण दर दैनिक बढ्दै गएकाले जिल्लाका संक्रमित पत्रकारहरुको उपचारका लागि ‘कोभिड समन्वय कोष’ स्थापना गरेको छ । 

महासंघ कार्यसमितिले ५१ लाख जम्मा गरेर सुरु गरेको कोषमा दाताहरुलाई सहयोग गर्न आह्वान गरेको छ । पत्रकार महासंघ मोरङ शाखाको कृषि विकास बैंक विराटनगरमा रहेको खाता नम्बर ०६०१६००३१८९७९०१९ मा रकम जम्मा गरी सहयोग गर्न आग्रह गरिएको छ । पत्रकार महासंघ मोरङ शाखाका सचिव नेत्रप्रसाद अधिकारीले जारी गरेको विज्ञप्तिमा प्रदेश १ सरकारले समन्वय कोषमा २ लाख सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको उल्लेख छ ।

कोष सञ्चालन तथा व्यवस्थहापनका लागि महासंघ शाखा अध्यक्ष सञ्जीव खनालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ । सदस्यहरुमा महासंघका सल्लाहकार शकंर खरेल, सचिव अधिकारी र कोषाध्यक्ष अभयकुमार राई छन् । समाचार संकलन तथा सम्प्रेषणका क्रममा संक्रमित भएक सञ्चारकर्मीहरूलाई तत्काल उपचारको व्यवस्था मिलाउन प्रदेश र स्थानिय सरकारहरूलाई महासंघले ध्यानाकर्षण गराएको छ । मोरङमा हालसम्ममा १० जना पत्रकार संक्रमित भएका छन् ।

दैनिक स्थलगत समाचार संकलन/सम्प्रेषणमा खटिने सञ्चारकर्मीहरूलाई स्वास्थ्य सावधानी अपनाउँदै र अत्यावश्यक कामबाहेक घरबाटै समाचार संकलन तथा सम्प्रेषणका लागि महासंघले आग्रह गरेको छ ।

प्रकाशित : वैशाख ३०, २०७८ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?