प्रदेश १ मा एकैदिन १४ संक्रमितको मृत्यु

विराटनगर — जिल्लामा बुधबार १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा ३, नोबेल अस्पतालमा ५, विराट मेडिकल शिक्षण अस्पतालमा २, न्युरो अस्पतालमा १ र होम आइसोलेसनमा ३ जनाको मृत्यु भएको हो ।

प्रदेश १ मा एकैदिन १४ संक्रमितको मृत्यु

विराटनगरस्थित कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्र र नोबेल अस्पतालमा ४ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रका संयोजक वैजनाथ साहका अनुसार विराटनगर ३ का ५१ वर्षीय, इटहरी ७ का ४१ वर्षीय र विराटनगर १२ का ८० वर्षीयको उपचारको क्रममा मृत्यु भएको छ ।

यस्तै, नोबेल अस्पतालमा उपचारको क्रममा झापाको भद्रपुर ४ का ४८ वर्षीय, सुनसरीको इनरुवाका ५७ वर्षीय, सप्तरीकी ५५ वर्षीया, विराटनगर ९ की ८० वर्षीया र विराटनगर १० का ४६ वर्षीयको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । यस्तै, विराट मेडिकल शिक्षण अस्पतालका कोभिड अस्पतालका इन्चार्ज डा. सुनिल देवले विराटनगर ९ का ५२ वर्षीय र सिरहाको लहान १ का ८० वर्षीयको उपचारका क्रममा मृत्यु भएको बताए ।

यस्तै, न्युरो अस्पतालमा विराटनगर ६ का ३९ वर्षीयको बुधबार दिउँसो उपचारका क्रममा मृत्यु भएको अस्पतालका भारत श्रेष्ठले बताए । यस्तै, होम आइसोलेसनमा विराटनगर १३ का ५८ वर्षीयको मृत्यु भएको विराटनगर महानगरको नगर प्रहरीका प्रहरी निरीक्षक राजन पौडेलले बताए ।

यस्तै, सुन्दरहरैंचा नगरपालिका १२ का ७९ वर्षीयको होम आइसोलेसनमा मृत्यु भएको नगर प्रमुख शिवप्रसाद ढकालले बताए । मोरङको जहदा गाउापालिका ७ का ६० वर्षीयको होम आइसोलेसनमै मृत्यु भएको गाउँपालिका अध्यक्ष कैलाश मण्डलले बताए ।

प्रकाशित : वैशाख ३०, २०७८ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?