२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

कोरोनाबाट कैदीको मृत्यु

इलाम — कोरोनाको दुवै खोप लगाएका इलाम कारागारका एक कैदीको मृत्यु भएको छ । इलाम अस्पतालको आइसोलेसनमा रहेका ३४ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी ध्रवुबहादुर खड्काले जानकारी दिए ।

कोरोनाबाट कैदीको मृत्यु

पेटको बिरामी रहेका उनलाई गत वैशाख २६ गते झापा भद्रपुरको मेची अञ्चल अस्पताल लगिएको थियो । सो क्रममा परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो । इलाममा नै उपचार सहज हुने भन्दै उनलाई सोहिदिन फिर्ता ल्याएर जिल्ला अस्पतालमा राखिएको थियो ।

बहुविवाहको कसुरमा सजाय भोगिरहेका ती युवकको मृत्युसँगै इलाममा कोरोनबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

कारागारमा भने अरु कसैलाई कुनै लक्षण नदेखिएको जेलर प्रदीप श्रेष्ठले जानकारी दिए । कारागारमा २२ महिलासहित २ सय ७३ जना कैदीबन्दी रहेका छन् । मृतकको बुधबार साँझ माइखोलामा नेपाली सेनाले दाहसंस्कार गरेको छ ।

बुधबार थप १३ जनामा संक्रमण देखिएपछि जिल्ला कोरोना संक्रमितको संख्या २ सय ९ पुगेको छ ।

प्रकाशित : वैशाख २९, २०७८ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?