इलाममा जेठ १२ गतेसम्म निषेधाज्ञा

इलाम — इलाममा कोरोनाको प्रकोप तीव्र हुँदै गएपछि मंगलबार राति १२ बजेबाट जिल्लाभर निषेधाज्ञा लाग्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले अत्यावश्यक सेवाबाहेक जेठ १२ गते सम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् । यसअघि बजार तथा राजमार्ग र सडकमा निस्कन कडाइ गरिएको भए पनि निषेधाज्ञा लगाइएको थिएन ।

निषेधाज्ञामा अन्य जिल्लाबाट इलाम भित्रिने र बाहिरी सवारीसाधन चल्न दिइने छैन भने सभा, सम्मेलन, सेमिनार सञ्चालन हुन पाउने छैनन् । यस्तै, भीडभाड र सम्भावित जोखिम हुन दिइने छैन भने सिनेमा हल, पार्टी प्यालेस बन्द गरिने छ । सार्वजनिक निकाय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था बन्द रहने छन् भने साप्ताहिक हाट समेत खोल्न पाइने छैन ।

हालसम्म अधिकांस स्थानीय तहमा कोरोना फैलिसकेकाले नियन्त्रण बाहिर जान नदिने प्रशासनले निषेधाज्ञा लाउने निर्णय लिएको हो ।

प्रकाशित : वैशाख २८, २०७८ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?