विराटनगरमा थप ९ जना कोरोना संक्रमितको मृत्यु

विराटनगर — विराटनगरका कोभिड अस्पतालहरुमा उपचाररत ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा ४, नोबेल अस्पतालमा ३ र विराट मेडिकल शिक्षण अस्पताल र विराट नर्सिङ होममा १/१ जनाको मृत्यु भएको हो ।

विराटनगरमा थप ९ जना कोरोना संक्रमितको मृत्यु

उपचार केन्द्रमा विराटनगर १० का ६८ वर्षीय वृद्ध, झापाको दमक नगरपालिका ८ क ५६ वर्षीया महिला, ततनहुँका ६० वर्षीय वृद्ध र उदयपुरको त्रियुगा नगरपालिकाका ५० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले बताए ।

यस्तै, नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले विराटनगर १६ का ५२ वर्षीय, उदयपुरको त्रियुगा ८ का ५५ वर्षीय र धनुषाको जनकपुर ४ का ५२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको बताए ।

विराट मेडिकल कोभिड अस्पतालका इन्चार्ज डा. सुनिल देवले विराटनगर ६ की ७० वर्षीया वृद्धा र विराट नर्सिङ होममा धनुषाको विदेह–५ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रकाशित : वैशाख २८, २०७८ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?