कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पाँचथरमा सोमबार रातिदेखि निषेधाज्ञा, ताप्लेजुङमा एक साता थपियो

आनन्द गौतम

ताप्लेजुङ — कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले निषेधाज्ञा जारी गरेका छन् । सोमबार राति १२ बजेदेखि जेठ ३ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा लगाइएको हो । 

वैशाख २० देखि निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले भने एक साताका लागि थप गरेको छ । वैशाख २७ गते रातिदेखि जेठ ३ गते राति १२ बजेसम्मलाई निषेधाज्ञा लम्ब्याइएको हो ।

ताप्लेजुङमा भने फुङलिङ नगरपालिका र पाथीभरा याङवरक गाउँपालिका–१ नाङखोल्याङमा मात्रै निषेधाज्ञा लगाइएको छ । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेद्वारा जारी आदेशमा अत्यावश्यकबाहेकका सेवामा रोक लगाइएको छ । ताप्लेजुङमा सोमबारसम्म १ सय ४५ र पाँचथरमा ३७ जना सक्रिय संक्रमित छन् ।


प्रकाशित : वैशाख २७, २०७८ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?