कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

ओखलढुंगामा निषेधाज्ञा

ओखलढुंगा — संक्रमणको जोखिम बढेपछि आइतबार रातिदेखि लागू हुने गरी जिल्लामा निषेधाज्ञा जारी भएको छ । ग्रामीण भेगमा समेत कोभिड संक्रमण देखिन थालेपछि स्थानीय प्रशासनले १५ दिन लामो निषेधाज्ञा जारी गरेको हो ।

सदरमुकाममा मात्र नभएर गाउँगाउँमा समेत कोभिडका बिरामी पुष्टि हुन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञाको निर्णय गरेको हो । तीन दिनयता दैनिकजसो कोभिडका बिरामी भेटिएका छन् ।

हालसम्म जिल्लाभित्रै पुष्टि भएका संक्रमित १२ जना छन् । विभिन्न लक्षणसहित उपचारका लागि काठमाडौं गएका बिरामीहरूमा पनि कोभिड पुष्टि हुने क्रम जारी छ । प्रशासनले एम्बुलेन्स, खाद्यान्न, औषधि, पेट्रोलियम पदार्थ जस्ता अत्यावश्यकीय बाहेकका सबै सेवा बन्द गर्ने जनाएको छ ।

प्रकाशित : वैशाख २७, २०७८ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?