१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

विराटनगरमा कोरोनाबाट ८ को मृत्यु

मोरङ — विराटनगरमा कोरोना संक्रमणले ८ जनाको मृत्यु भएको छ । सात जनाको अस्पतालमा उपचारक्रममा र एक जनाको घरैमा मृत्यु भएको हो ।

विराटनगरमा कोरोनाबाट ८ को मृत्यु

विराट मेडिकलमा सुनसरीको इटहरी ८ की ५४ वर्षीया संक्रमितको आइतबार मृत्यु भएको छ । यस्तै, नोबेल अस्पताल विराटनगरमा त्रिवेणी चोकका ७६ वर्षीय, धरान–१७ का ६६ वर्षीय र सिरहाको कल्याणपुर–४ की ३८ वर्षीयाको आइतबार मृत्यु भएको छ ।

यस्तै, मोरङको उर्लाबारी–६ की ३९ वर्षीया, झापाको मेचीनगर–६ का ६० वर्षीय र सप्तरीको बोदे बरसाइन नगरपालिका– १० का ३५ वर्षीयको शनिबार राति मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । यस्तै, विराटनगर– १० का ५२ वर्षीयको होम आइसोलेसनमा मृत्यु भएको महानगरका प्रहरी निरीक्षक राजन पौडेलले बताए ।

प्रकाशित : वैशाख २७, २०७८ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?