विराटनगरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

मोरङ — विराटनगरमा थप दुई जना कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ ।

विराटनगरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा धनुषाको सबैलाका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोना संक्रमण भएर वैशाख २३ गते भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

यस्तै, विराटनगर–१० का ५२ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको विराटनगर महानगरका प्रहरी निरीक्षक राजन पौडेलले बताए ।

प्रकाशित : वैशाख २६, २०७८ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?