कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

चौदण्डीगढीमा पाँच घर जले

डिल्लीराम खतिवडा

उदयपुर — चौदण्डीगढी नगरपालिका–८ वीरेन्द्र बजारमा आइतबार बिहान आगलागी हुँदा पाँचवटा घरपसल जलेर नष्ट भएका छन् । 

चौदण्डीगढीमा पाँच घर जले

विद्युत् सर्ट भई भएको आगलागीमा स्थानीय कला राई, डम्बर राई, बादल राई, पदमा मगर र कृष्ण मगरको घरपसल जलेको इलाक प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक छेफिन्जो भोटेले बताए । कलाको घरमा विद्युत् सट भई आगलागी हुँदा छिमेकीको घरमा सल्केको उनले जानकारी दिए ।

बिहान ४ बजेतिर सुरु भएको आगलागीे स्थानीय बासिन्दा, चौदण्डीगढी नगरपालिकको वारुण यन्त्र, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा साढे ३ घण्टापछि नियन्त्रणमा आएको प्रहरी निरीक्षक भोटेले बताए । आगलागीपछि वर्षा भइरहेकाले क्षतिको यकिन विवरण संकलन भइनसकेको वडा सदस्य गरुडमान विकले जानकारी दिए ।


प्रकाशित : वैशाख २६, २०७८ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?