२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कोरोना संक्रमणबाट धरानका उद्योगी रोशन सोनीको निधन

धरान — धरानका उद्योगपति रोशन सोनीको कोरोना संक्रमणबाट निधन भएको छ । सुनसरी उद्योग वाणिज्य संघका सल्लाहकारसमेत रहेका धरान–३ निवासी सोनीको विराट मेडिकल शिक्षण अस्पताल विराटनगरमा उपचारको क्रममा शुक्रबार राति १०:४५ बजे निधन भएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाले बताए । 

कोरोना संक्रमणबाट धरानका उद्योगी रोशन सोनीको निधन

पारिवारिक स्रोतका अनुसार सोनी पछिल्लो समय आन्द्रामा समस्या भएर उपचारका लागि भारतको दिल्ली गएका थिए । दिल्लीमा अप्रेसन गरेर उनी घर फर्किएका थिए । सोही क्रममा पीसीआर जाँच गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई उपचारका लागि एक साताअघि मोरङको विराट मेडिकल शिक्षण अस्पताल लगिएको थियो ।

सोनीले धरानको तीनकुनेमा सूर्य कत्था उद्योग र टरपेन्टाइन खोटोको उद्योग र पेट्रोल पम्पसमेत सञ्चालन गर्दै आएका थिए । उनको शवलाई विराटनगरस्थित सिंगिया खोलामा नै अन्त्येष्टि गरिने धरानका व्यवसायी कृष्ण पाठकले जानकारी दिए ।

प्रकाशित : वैशाख २५, २०७८ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?