१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

रेम्डेसिभिर भन्दै नक्कली औषधि बेच्ने पक्राउ

देवनारायण साह

मोरङ — ‘रेम्डेसिभिर’ भन्दै नक्कली औषधि बेचेको आरोपमा प्रहरीले शुक्रबार विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ ।

रेम्डेसिभिर भन्दै नक्कली औषधि बेच्ने पक्राउ

पक्राउ पर्नेमा नोबेल अस्पताल अगाडिको साथी मेडिकलका सञ्चालक विराटनगर १० का सोनु आलम र विराटनगर–१६ रानीका श्रवणकुमार यादव पक्राउ परेका छन् । रेम्डेसिभिर कोरोना संक्रमित सिकिस्त बिरामीका लागि प्रयोग हुँदै आएको औषधि हो ।

आलमले ‘स्टासेफ’ नामक औषधिमा रेम्डेसिभिरको स्टिकर टाँसेर बिक्रीवितरण गर्दै आएको सूचनाका आधारमा साथी मेडिकलमा खानतलासी गरेको मोरङका डीएसपी मानबहादुर राईले बताए ।

खानतलासीका क्रममा स्टासेफ ४ बट्टा र रेम्डेसिभिरको स्टिकर लागेको १ बट्टा बरामद भएको छ । ‘आलमले ९० रुपैयाँ किनेको स्टासेफमा रेम्डेसिभिरको स्टिकर लगाएर ८ हजारसम्ममा बिक्री गर्दै आएको खुलेको छ,’ डीएसपी राईले भने ।

प्रकाशित : वैशाख २५, २०७८ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?