उदयपुरमा भीरबाट लडेर एकको मृत्यु

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीरमाथि टिकटक बनाउने क्रममा लडेर शुक्रबार एक युवकको मृत्यु भएको छ ।

भीरबाट लडेर सुनसरीको धरान–५ का १८ वर्षीय सुभाष परियारको मृत्यु भएको हो । धरानबाट ओखलढुङगाको लागि जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो हर्देनी भीरमाथि सडकमा बिग्रिएको थियो । सुमो बिग्रिएको मौका छोपी सोही सुमोमा यात्रा गरिरहेका परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते परियारको उपचारका लागि कटारी अस्पताल लैजाने क्रममा दिउँसो बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलमा प्रहरी टोलीबाट थप अनुसन्धान भइरहेको इलाक प्रहरी कार्यालय कटारीले जनाएको छ ।

प्रकाशित : वैशाख २४, २०७८ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?