कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

भारतबाट सीधै घर

मोरङ — विराटनगर रानी नाकास्थित हेल्थ डेस्कमा भारतबाट आएका विद्यार्थीलगायतलाई एन्टिजेन परीक्षण गरेर नेपाल प्रवेश गर्न दिइने गरिएको छ । 

भारतबाट सीधै घर

एन्टिजेन परीक्षणमा कोरोना पोजिटिभ आएपछि हेल्थ डेस्कले सम्बन्धित स्थानीय तहलाई संक्रमित जिम्मा लगाउने नीति लिएको छ । तर स्थानीय तहले भने संक्रमितलाई जिम्मा लिन नआउँदा व्यवस्थापनमा निकै चुनौती भएको हेल्थ डेस्क प्रमुख डा. कमलकिशोर यादवले गुनासो पोखे । स्थानीय तहले जिम्मा लिन नआउँदा संक्रमितलाई नोबेल अस्पतालमा सञ्चालित आइसोलेसनमा भर्ना गरिरहेको उनले बताए ।

तीव्र गतिमा संक्रमण बढिरहेको भारतबाट फर्केका नेपालीलाई स्थानीय तहले क्वारेन्टाइनमा राख्न नसकेकाले संक्रमण फैलिएको चिकित्सकको भनाइ छ । पालिकामा अहिले क्वारेन्टाइन र आइसोलेसन नभएकाले संक्रमितलाई ल्याएर व्यवस्थापन गर्न नसकिएको सुन्दर हरैंचाका नगर प्रमुख शिवप्र्रसाद ढकालले बताए ।

कोसी अस्पताल प्रमुख डा. चुमनलाल दासले प्रदेश १ मा भारतबाट फर्केका नेपालीलाई क्वारेन्टाइनमा नराखेकाले संक्रमितको संख्या ह्वात्तै बढेको बताए । ‘अझै पनि भारतबाट आएकाहरू सोझै घर जाने गरेका छन्, उनीहरूलाई अझै क्वारेन्टाइनमा राख्ने तयारी नहुनु दुर्भाग्य हो,’ उनले भने, ‘यसको मूल्य अबको एक हप्तामै अवस्था भयावह भएपछि चुकाउनु पर्नेछ ।’

दोस्रो चरणको संक्रमण नियन्त्रण तथा रोकथाममा स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेकाले संक्रमण दर बढ्दै गएको दासले बताए । ‘स्थानीय तहले अझै क्वारेन्टाइनको व्यवस्था नगरेकाले समुदाय स्तरमा संक्रमण फैलिँदै गएको छ,’ उनले भने, ‘संक्रमितको कन्ट्याक्ट ट्रेसिङ अझै हुन नसक्नु स्थानीय तहको अर्को ठूलो कमजोरी हो ।’

होमआइसोलेसनमा बसेका संक्रमितहरूलाई पनि स्थानीय तहहरूले बेवास्ता गरेकाले धमाधम मृत्यु भइरहेको छ । प्रदेश १ स्थित १४ जिल्लामा १ सय ३७ स्थानीय तह छन् । जसमध्ये सोलुखुम्बुबाहेक १४ जिल्लामा संक्रमण फैलिएको छ ।

प्रकाशित : वैशाख २३, २०७८ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?