कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

धनकुटामा बुधबार मध्य रातिदेखि निषेधाज्ञा जारी

रमेशचन्द्र अधिकारी

धनकुटा — कोरोना संक्रमण तिव्र भएपछि स्थानीय प्रशासनले बुधबार मध्य रातिदेखि धनकुटा नगरपालिका क्षेत्रमा निषेध आदेश जारी गरेको छ ।

धनकुटामा बुधबार मध्य रातिदेखि निषेधाज्ञा जारी

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) धनकुटाको बुधबार साँझ बसेको बैठकले आगामी वैशाख मसान्तसम्म निषेध आदेश जारी गरेको हो । डीसीसीएमसीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार तोकिएको समय बाहेक सम्पूर्ण व्यवसाय तथा पसल, निजी तथा सार्वजनिक भाडाका सवारी साधन बन्द रहने छन् । तर, दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्रीहरु, फोहर बोक्ने, एम्बुलेन्स, प्रेस लगायतका साधन सञ्चालन अनुमति दिइने प्रजिअ दाहालले बताए ।

बिहान ६ देखि ९ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म दैनिक उपभोग्य र अत्यावश्यक सामग्रीको पसल खुल्ला रहने पनि सूचनामा उल्लेख गरिएको छ ।

यस्तै, तोकिएको समयमा दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्रीहरु बिक्री वितरण तथा किनमेल गर्न व्यापारी तथा आम उपभोक्तालाई धनकुटा उद्योग वाणिज्य संघले अपिल गरेको छ ।

धनकुटामा बुधबार एकै दिन २० संक्रमित थपिएका छन् ।

प्रकाशित : वैशाख २२, २०७८ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?