कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दाजुको कुटपिटबाट भाइको मृत्यु 

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको त्रियुगा नगरपालिका– ९ चौकीबारीका एक युवकको आफ्नै दाजुको कुटाइबाट मृत्यु भएको छ । सामान्य वादविवाद हुँदा दाइको कुटाइबाट ३६ वर्षीय खुसिलाल चौधरीको बुधबार दिउँसो मृत्यु भएको हो ।

खुसिलाललाई उनका ५० वर्षीय दाजु पुलकित चौधरीले कुटपिट गरी घाइते बनाएका थिए । घाइते खुसिलाललाई प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याएको प्रहरी उपरीक्षक भिमबहादुर दाहालले बताए । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि खुसिलाललाई थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरिक्षक दाहालले बताए ।

भाइलाई कुटपिट गर्ने दाजु पुलकितलाई जिल्ला प्रहरी कार्यलय उदयपुरको नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख २२, २०७८ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?