नोबेल अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

विनोद भण्डारी

विराटनगर — विराटनगरको नोबेल अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको बुधबार मृत्यु भएको छ । 

नोबेल अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार बुधबार मोरङको सुन्दरहरैचा नगरपालिका ७ का ५४ वर्षीय पुरुष र विराटनगर महानगरपालिका १२ का ४६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

योसँगै पछिल्लो समय कोरोना संक्रमणबाट नोबेलमा मृत्यु हुनेको सख्या १२ पुगेको छ । हाल अस्पतालमा १ सय १ जना संक्रमितको उपचार भइरहेको दाहालले बताए ।

प्रकाशित : वैशाख २२, २०७८ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?