कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सुनसरीमा थपियो वैशाख ३१ गतेसम्म निषेधाज्ञा

सुनसरी — जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार मध्य रातिदेखि वैशाख ३१ गते मध्य राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा थपेको छ ।

सुनसरीमा थपियो वैशाख ३१ गतेसम्म निषेधाज्ञा

कोरोनाको दोश्रो लहर चलेसँगै जिल्लाका विभिन्न स्थानीय तहहरुमा संक्रमितहरुको संख्या र मृत्यु दर बढेपछि डिसिसिएमसीको आकस्मिक बैठक राखेर निषेधाज्ञा आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार निषेधाज्ञा अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यक सेवा खरिदबाहेक सवै प्रकारका गतिविधिमा रोक लगाइएको छ । अत्यावश्यक सेवाहरुबाहेकका सबै प्रकारका सार्वजनिक एवं निजी सवारीसाधनहरु वैशाख ३१ गते रातिसम्म जिल्लाभर पूर्णरुपमा रोक लगाइएको छ ।

यसअघि जिल्ला प्रशासनले आंशिक निषेधाज्ञा जारी गरेर सवारीसाधानको हकमा जोरबिजोर नम्बरमात्र चलाउन पाउने, होटल रेस्टुँरा बेलुका ८ बजेसम्म सञ्चालन गर्न पाउने र खाद्यपसल बिहान ११ बजेसम्म खोल्न पाउने प्रावधान राखिएको थियो ।

प्रजिअ ढकालले भने, ‘कोरोना संक्रमणको चेन रोक्न अत्यावश्यक काममा बाहेक कोही पनि घर बाहिर निस्कन र भेला हुन नपाउने गरी निषेधाज्ञा आदेश जारी गरिएको छ ।’ उनका अनुसार यसअघिको निषेधाज्ञामा सुनसरीको ६२ किमि दूरी भारतीय सिमासँग जोडिएकोमा भन्टाबारी नाकाबाट नेपाली नागरिक प्रवेश गर्न सक्ने थियो भने लकडाउन अवधिभर नेपाली नागरिकलाई पनि आवागमनमा पूर्णरुपमा बन्द गरिएको छ ।

प्रकाशित : वैशाख २१, २०७८ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?