कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

नोबेल अस्पतालमा ४ जना कोराना संक्रमितको मृत्यु

विनोद भण्डारी

विराटनगर — कोरोना संमक्रमणबाट मंगलबार विराटनगरको नोबेल शिक्षण अस्पतालमा ४ जनाको मृत्यु भएको छ ।

नोबेल अस्पतालमा ४ जना कोराना संक्रमितको मृत्यु

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मृत्यु हुनेमा सप्तरी हनुमान नगर– २ का ३२ वर्षीय एक पुरूष, धरान–८ की ७७ वर्षीया महिला, इलाम–४ की २९ वर्षीया एक महिला र विराटनगर–१४ का एक पुरूष रहेका छन् ।

योसहित नोबेल शिक्षण अस्पतालमा पछिल्लो पटक कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको हो । हाल उक्त शिक्षण अस्पतालमा कोरोना संक्रमणका ९८ जना बिरामीको उपचार भइरहेको छ ।

प्रकाशित : वैशाख २१, २०७८ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?