कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चार दशक बित्यो, मुआब्जा पाएनन्

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटा–हिले सडक निर्माण भएको चार दशक बितेको छ । जग्गाको भने लगत कट्टा भएको छैन । यसले गर्दा सडकले चर्चेको जग्गाको पनि तिरो तिर्न स्थानीय बाध्य छन् ।

धनकुटा ७ हुलाकटोलका विप्लव श्रेष्ठ अंशबन्डाका लागि नगरपालिका पुग्दा छक्क परे । ‘जग्गा पासको सिफारिसका लागि जाँदा ७० लाख रुपैयाँ तिरो तिर्नुपर्ने कर्मचारीले पुर्जी थमाए’, उनले भने, ‘वर्षौंसम्म लगत कट्टा नगरिने र मुआब्जासमेत नदिने अनि तिरो हामीले तिर्नुपर्ने भएकाले अन्यायमा परियो ।’ उनको ८ मध्ये ४ रोपनी जग्गा सडकले ओगटेको छ ।

२०३६ सालमा धरान–धनकुटा सडक बन्ने भएपछि खुसीले जग्गा छोडेको स्थानीय सुवासचन्द्र जोशी बताउँछन् । तर, सडकले ओगटेको जग्गाको लगत कट्टा गर्ने भने पनि नगरेपछि मर्कामा परेको उनको दुखेसो छ । धनकुटा ३ निगालेका खेम थापाको करिब २० रोपनी जग्गा सडकले ओगटेको बताए । धनकुटा–हिले सडकमा पर्ने उनको सबै जग्गाको तिरो अझै तिर्दै आएका छन् ।

त्यसबेला भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने उद्देश्यले कोसी पहाडी विकास परियोजना सञ्चालन भएको थियो । परियोजनाले सडक, खानेपानी, पुल जस्ता संरचना निर्माण गरेको थियो । परियोजनाले आफुले निर्माण गरेको कुनै पनि कागजात हालको सडक डिभिजन कार्यालयमा छैन ।

परियोजनाले एम्बुलेन्सका लागि भन्दै बाटो बनाउने योजना अघि सारेकोले जग्गा दिएको स्थानीय नवीनकिशोर शाक्यको भनाइ छ । परियोजनाको पहलमा धनकुटादेखि हिलेसम्म १३ किलोमिटर सडक बनाइएको थियो ।

‘म बाल्यकाल हुँदा बनेको सडक बुढो भइसक्दा पनि मुआब्जा पाइएन,’ शाक्यले भने, ‘लगत कट्टा भइदिएको भए महँगो कर तिर्नु पर्दैनथ्यो ।’ सडक डिभिजन धनकुटामा सडकको कुनै दस्तावेज छैन । मुआब्जा र लगत कट्टाबारे कुनै जानकारी नभएको कार्यालय प्रमुख प्रमुख दानकुमार शाक्यले बताए ।

प्रकाशित : वैशाख २१, २०७८ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?