३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

उदयपुरमा आइतबार राति ८ बजेदेखि यातायता संचालनमा रोक लगाइने

डिल्लीराम खतिवडा

उदयपुर — स्थानीय प्रशासनले आइतबार राति ८ बजेदेखि उदयपुर जिल्लामा यातायातका साधन सञ्‍चालनमा रोक लगाउने भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि त्यसलाई रोक्ने उद्देश्यले यातायातका साधनका रोक लगाइएको हो ।

जिल्ला संकट व्यवस्थापन समिति (डीसीसीएमसी) बैठकले बढ्दो संक्रमण रोक्न सार्वजनिक यातायात संचालनमा लगाउने निर्णय गरेको हो । कोरोना संक्रमितको संख्या एक्कासी बढेकोले थप संक्रमण हुनबाट रोक्नका एक साता लागि यातायात (दुई पांग्रेबाहेक) संचालनमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाईले बताए । दुई पांग्रे मोटरसाइकल संचालन गर्ने अनुमति दिए पनि त्यसमा दुई जाना सवार हुन भने रोक लगाइएको छ ।

त्यसैगरी सदरमुकाम गाइघाट, कटारी, बेलटार, रामपुर तथा मुर्कुचीलगायत सम्पूर्ण बजार बिहान १० देखि ३ बजेसम्म मात्रै खोल्ने डीसीसीएमसीले निर्णय गरेको छ । उदयपुरमा यातायात संचालनमा रोक लगाइदा मदन भण्डारी लोकमार्ग पनि ठप्प हुने प्रहरीले जनाएको छ ।


प्रकाशित : वैशाख १९, २०७८ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?