खोटाङका सबै शैक्षिक संस्था बन्द

डम्बरसिं राई

खोटाङ — जिल्लाका सबै शैक्षिक संस्थाहरु बन्द भएका छन् । कोभिड–१९ को जोखिम बढेपछि सबै पालिकाका शैक्षिक संस्थाहरुले पठनपाठन बन्द गरेका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सेमन्त गौतमका अनुसार बिहीबारबाट शैक्षिक संस्थाहरुमा पठनपाठन बन्द गरेको हो ।

‘केही पालिकाहरुले नेपाल सरकारको निर्देशन अनुसार यसअघि नै बन्द गरिसकेको थियो,’ गौतमले भने, ‘जिल्ला प्रशासन र शिक्षा विकास समन्वय समिति इकाइले पनि पत्राचार गरेर पठनपाठन बन्द गर्न आग्रह गरेको छ ।’

प्रकाशित : वैशाख १६, २०७८ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?