दुर्घटनामा एकको मृत्यु
उदयपुर — मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७ चियाबारीस्थित नागबेलीमा बुधबार दिउँसो बोलेरो दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
तावश्रीबाट गाईघाट आउँदै गरेको स १ च ९३९ नम्बरको पिकअप भ्यान दिउँसो साढे १ बजे दुर्घटना हुँदा उदयपुरगढी गाउँपालिका –१ व्वाँसेका ३५ वर्षीय शिव खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कटुवा क्षेत्रीहरुको कुलपूजामा सरिक हुन गाईघाट आउँदै गरेको भ्यान दुर्घटना हुँदा खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनमा दर्जन बढी घाइते भएको प्रहरी चौकी उदयपुरगढीले जनाएको छ ।
घाइतेको जिल्ला अस्पताल उदयपुर र विराटनगरका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ । सवारी चालक भीमबहादुर तामाङलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
प्रकाशित : वैशाख १५, २०७८ १५:०८