कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

खोटाङमा बस दुर्घटना, १ को मृत्यु २२ जना घाइते

डम्बरसिं राई

खोटाङ — हलेसीबाट सप्तरीका लागि छुटेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । हलेसी दर्शनमा आएका तीर्थालु बोकेको बा ३ ख ९२८५ नम्बरको बस शनिबार बिहान हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडाँको कदुवामा दुर्घटना हुँदा सिन्धुलीको झ्याङलेक गाउँपालिका–४ का १७ वर्षीय अनिल तामाङको मृत्यु भएको खोटाङका प्रहरी निरीक्षक राजेन्द्र पौडेलले जानकारी दिए । 

उनका अनुसार ४० जना यात्रु बोकेको बस बिहान १०:५५ बजे दुर्घटना भएको थियो । घाइतेहरुको घुर्मीस्थित जनसेवा हेल्थ केयर र आस्था लाइफ केयरमा उपचार भइरहेको छ । घाइतेमध्ये आठ जनालाई विराटनगर रेफर गरिएको पौडेलले बताए ।

प्रकाशित : वैशाख ११, २०७८ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?