खोटाङमा बस दुर्घटना, १ को मृत्यु २२ जना घाइते



खोटाङ — हलेसीबाट सप्तरीका लागि छुटेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । हलेसी दर्शनमा आएका तीर्थालु बोकेको बा ३ ख ९२८५ नम्बरको बस शनिबार बिहान हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडाँको कदुवामा दुर्घटना हुँदा सिन्धुलीको झ्याङलेक गाउँपालिका–४ का १७ वर्षीय अनिल तामाङको मृत्यु भएको खोटाङका प्रहरी निरीक्षक राजेन्द्र पौडेलले जानकारी दिए ।
उनका अनुसार ४० जना यात्रु बोकेको बस बिहान १०:५५ बजे दुर्घटना भएको थियो । घाइतेहरुको घुर्मीस्थित जनसेवा हेल्थ केयर र आस्था लाइफ केयरमा उपचार भइरहेको छ । घाइतेमध्ये आठ जनालाई विराटनगर रेफर गरिएको पौडेलले बताए ।
प्रकाशित : वैशाख ११, २०७८ १७:३०