१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

चट्याङले खोटाङमा एकको मृत्यु

खोटाङ — चट्याङले जिल्लाको दिप्रुङ–चुइचुम्मा गाउँपालिकामा बिहीबार एक जनाको मृत्यु भएको छ । वडा नं ६ छितापोखरी बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको बिहीबार बिहान मृत्यु भएको हो ।

बिहान आठ बजे घरमा चिया पिइरहेका बेला परेको चट्याङले राईको मृत्यु भएको स्थानीय नारायण राईले बताए । चट्याङले राईकी छोरी ४५ वर्षीया तारा र नातिनी १४ वर्षीया रचना बेहोस् भएका थिए ।

उनीहरूको अवस्था सामान्य रहेको नारायणले जानकारी दिए । प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाका अनुसार इलाका प्रहरी कार्यालय खोटाङबजार र अस्थायी प्रहरी चौकी छितापोखरीको टोली घटनास्थलमा खटिएको छ ।


प्रकाशित : वैशाख ९, २०७८ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?