इटहरीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुम्निमा चाम्लिङ

इटहरी — सुनसरीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

बराहक्षेत्र नगरपालिका –४ कौवा खोंचमा बसले ठक्कर दिँदा बराहक्षेत्र धनपुरी नयाँ पुलका ५७ वर्षीय राजन कार्कीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक शरणकुमार दाहालले जानकारी दिए ।

शुक्रबार दिउँसो पौने १ बजे चतराबाट झुम्कातर्फ जाँदै गरेको ना ६ ख ७१४० नम्बरको बसले कार्कीलाई ठक्कर दिएको थयो । ठक्कर दिने बसका चालक बराहक्षेत्र– ५ का ४६ वर्षीय गोपाल गौतमलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख ३, २०७८ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?