इटहरीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु- प्रदेश १ - कान्तिपुर समाचार

इटहरीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुम्निमा चाम्लिङ

इटहरी — सुनसरीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

बराहक्षेत्र नगरपालिका –४ कौवा खोंचमा बसले ठक्कर दिँदा बराहक्षेत्र धनपुरी नयाँ पुलका ५७ वर्षीय राजन कार्कीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक शरणकुमार दाहालले जानकारी दिए ।

शुक्रबार दिउँसो पौने १ बजे चतराबाट झुम्कातर्फ जाँदै गरेको ना ६ ख ७१४० नम्बरको बसले कार्कीलाई ठक्कर दिएको थयो । ठक्कर दिने बसका चालक बराहक्षेत्र– ५ का ४६ वर्षीय गोपाल गौतमलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख ३, २०७८ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्

टोखामा मनाइयो बिस्केट जात्रा

तस्बिर : इलिट जोशी, प्रशान्त माली

काठमाडौँ — कोभिड–१९ को दोस्रो लहरको जोखिमबीच टोखामा बिस्का: जात्रा मनाइएको छ । भक्तपुरमा जस्तै यहाँ पनि लिगो उठाउने/ढाल्ने र सिन्दुर जात्रा मुख्य आर्कषणको रुपमा लिइन्छ । यसबाहेक भक्तपुरमा जिब्रो छेड्ने, भैरवनाथ, भद्रकाली रथ यात्रा गरिन्छ भने टोखामा मुस्कानेश्वर महादेव, गणेश, सरस्वती, मसानकाली, सपनतीर्थ गणेश, कोथु गणेश र चण्डेश्वरीको मूर्तिलाई खत जात्रा गरी नगर परिक्रममा गरिन्छ ।अन्य ठाउँमा जीवित देवी कुमारी मात्र उपस्थित गराइन्छ । भने यहाँ कुमारीसँगै जीवित देवी गणेशको जात्रा गरिन्छ ।

टोखा संस्कृति सरक्षित क्षेत्र विकास समिति अध्यक्ष गणेश श्रेष्ठ भन्छन्, ‘टोखाबासी विषेश गरि जात्रा नाग र नागिनीको आत्माको शान्तिको कामना गर्ने गरिन्छ ।’

कारण टोखामा प्राचिनकालमा टोखामा एक भिल्मो नामक राजाले राज्य चलाउँथे । भिल्मो राजाका सेवक तथा देशका रक्षक एक तान्त्रिक गुभाजु (पुजारी) थियो । किंवदन्ती अनुसार एक दिन श्रीमतीको तीव्र इच्छाका कारण पुजारीले आफ्नो तान्त्रिक बलबाट नागको रूप धारण गरेछन् । पुजारी पुन: मान्छेको रूप धारण गर्न श्रीमतीले अक्षता छर्कनु पर्नेमा आत्तिएर आफ्नै मुखमा हाली छिन् । त्यसपछि श्रीमती पनि नागिनी भइछन् । दुवैले मान्छे बन्न धेरै प्रयास गरे पनि सफल भएनन् । पछि दुवैको मृत्यु भयो ।

तत्कालिन राजाले यो कुरा थाहा पाएर नाग र नागिनीको आत्माको शान्तिको लागि विस्का जात्रा सुरु गरेको किंवदन्ती रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

आठ रात नौ दिन मनाइने जात्रामा शुक्रबार विधिपूर्वक पूजाआजा गरी सिंगारिएको गणेश, मसानकाली, सपनतीर्थ गणेश, कोथु गणेश र चण्डेश्वरीको खत सरस्वती चौरस्थित नारायण पोखरीमा स्नान गराएका छन् । टोखावासीले गहना खोज्ने अर्थमा लिने यसलाई जात्राको मुख्य आर्कषण्को रुपमा लिइन्छ । जात्राको रौनक हेर्न घुइँचो लागेको थियो ।


शुक्रबार नै नागनागिनीको भेषमा नाग प्याँख र विभिन्न भेषमा या:प्याँख, माक प्याँख, मयुर प्याँख प्रस्तुत गरिएको थियो । शनिबार सिन्दुर जात्रा गरी सातैवटा खटद्वारा नागको प्रतिकको रुपमा उठाइएको ५४ हात अग्लो योसी (लिंगो) परिक्रमा गराइ आ–आफ्नो मन्दिरमा भित्राइनेछ ।


आइतबार टोखाको शिवपुरी वनमा रहेको बज्रयोगिनी मन्दिरमा गएर पूजाआजा गरी भोज खाने चलन छ । यस सिन्दुर जात्रामा सहभागी सबै खलक, पुच:, गुठी, क्लब तथा संघसंस्था भोजमा सहभागी हुने परम्परा छ । जात्रा व्यवस्थापन गर्न टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डंगोलको संयोजकत्वमा समिति गठन गरिएको थियो ।


प्रकाशित : वैशाख ३, २०७८ १७:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×