कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ वर्षमा बढे पर्यटक

धनकुटा — नयाँ वर्षको दिन यहाँस्थित प्रमुख पर्यटकीय गन्तव्यमा बुधबार आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रह्यो । भेडेटार, मूलघाट, चुलीवन, सल्लेरी तथा संखुवासभा र तेह्रथुम जिल्लामा पर्ने तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रह्यो ।

भेडेटारमा बिहानैदेखि पर्यटकको चाप देखिएको होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले कान्तिपुरसँग बताए ।

लामो समयदेखिको लकडाउनका कारण पर्यटकीय गन्तव्य भेडेटारको होटल व्यवसाय प्रभावित थियो । अब बिस्तारै सुधार हुँदै जानेमा यहाँका व्यवसायी आशावादी छन् । नमस्ते झरना, हिले बजार, सिधुवा, डाँडाबजार, राजारानी ताललगायत स्थानमा बिहानैदेखि पर्यटकको चाप बढेको छ । मूलघाट, नमस्ते झरनालगायतका क्षेत्रमा बुधबार मात्रै दर्जनौं समूह वनभोजका लागि आएका थिए ।

सल्लेरी वन क्षेत्र, सुन्दर फूलबारी तथा महेन्द्र पार्क क्षेत्रमा पनि दिनभर चहलपहल रह्यो । भेडेटार नजिकको नाम्जे सामुदायिक होमस्टे (घरबास) मा पाहुना भरिभराउ छन् ।


प्रकाशित : वैशाख २, २०७८ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?