कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

धनकुटा बजार नजिक फेरि डढेलो

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटा सदरमुकाम नजिक रहेको एक सामुदायिक वनमा शुक्रबार फेरि डढेलो लागेको छ ।

धनकुटा बजार नजिक फेरि डढेलो

धनकुटा–६ को सिलढुंगा सामुदायिक वनमा बिहानदेखि लागेको डढेलो अपराह्नपछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।आगो निभाउन दुई वटा दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सहित स्थानीयबासी खटिएका छन् ।

डढेलोस्थल नजिक भाषा माध्यमिक विद्यालय र बस्ती रहेपनि जोखिम नभएको प्रहरीको भनाइ छ । अत्यधिक हावा चलेका कारण आगो नियन्त्रणमा समस्या रहेको जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए । आगो पूर्ण नियन्त्रण नआउन्जेल दमकल र अग्नी नियन्त्रक जनशक्ति घटनास्थलमा राखिने उनले बताए । कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा रहेकोले उक्त स्थानमा दिउँसो केहीबेर यातायात समेत अवरुद्ध भएको थियो । सडक नजिक आगो नियन्त्रणमा आएसँगै यातायात सुरु भएको छ ।

धनकुटामा विगत एक सातादेखि ४० बढी सामुदायिक लागेको डढेलोका कारण ५ सय हेक्टर क्षेत्रफलको वनस्पति नष्ट भएको वन डिभिजन कार्यालयले जनाएको छ । यस्तै, वनमा लागेको डढेलो बस्तीमा सल्कँदा हालसम्म ४ घर जलेर क्षति भएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए ।

प्रकाशित : चैत्र २७, २०७७ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?