इटहरीको तिरुपति प्लाई उद्योगमा आगलागी 

सुम्निमा चाम्लिङ

इटहरी — सुनसरीको इटहरी खनारस्थित तिरुपति प्लाई उद्योगमा भीषण आगलागी भएको छ ।

इटहरीको तिरुपति प्लाई उद्योगमा आगलागी 

आगलागीबाट उद्योगमा रहेको तयारी प्लाई जलेर नष्ट भएको भएको छ । उद्योगबाट सामानहरु निकाल्ने काम भइरहेको छ । आगलागीको कारण भने खुलेको छैन ।

सोमबार बिहान सवा सात बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय इटहरीका निरीक्षक केशव कटुवालले बताए । उनले भने, ‘आगो तत्काल नियन्त्रणमा आउन सक्ने देखिँदैन, नियन्त्रणको प्रयास गरिरहेका छौँ ।’

आगलागी नियन्त्रणमा लिन सुनसरी,मोरङ र झापाबाट १३ वटा दमकल आएका छन् । आगो नियन्त्रणमा लिन नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । स्थानीयवासीले समेत नियन्त्रणमा सहयोग गरिरहेका छन् ।


प्रकाशित : चैत्र २३, २०७७ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?