इटहरीको तिरुपति प्लाई उद्योगमा आगलागी - प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इटहरीको तिरुपति प्लाई उद्योगमा आगलागी 

सुम्निमा चाम्लिङ

इटहरी — सुनसरीको इटहरी खनारस्थित तिरुपति प्लाई उद्योगमा भीषण आगलागी भएको छ ।

आगलागीबाट उद्योगमा रहेको तयारी प्लाई जलेर नष्ट भएको भएको छ । उद्योगबाट सामानहरु निकाल्ने काम भइरहेको छ । आगलागीको कारण भने खुलेको छैन ।

सोमबार बिहान सवा सात बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय इटहरीका निरीक्षक केशव कटुवालले बताए । उनले भने, ‘आगो तत्काल नियन्त्रणमा आउन सक्ने देखिँदैन, नियन्त्रणको प्रयास गरिरहेका छौँ ।’

आगलागी नियन्त्रणमा लिन सुनसरी,मोरङ र झापाबाट १३ वटा दमकल आएका छन् । आगो नियन्त्रणमा लिन नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । स्थानीयवासीले समेत नियन्त्रणमा सहयोग गरिरहेका छन् ।


प्रकाशित : चैत्र २३, २०७७ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्

मान्छेलाई आक्रमण गर्ने बाघ बर्दियाबाट काठमाडौं ल्याइँदै

अब्दुल्लाह मियाँ

काठमाडौँ — आइतबार नियन्त्रणमा लिइएको बाघलाई बर्दिया निकुञ्जले काठमाडौं ल्याउने तयारी गरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले उक्त भाले बाघलाई सदर चिडियाखाना, जाउलाखेलमा राख्नका लागि ठाकुरद्वाराबाट पठाउन लागिएको बताए । 

गैंडा गणनामा खटिएका एक कर्मचारी आइतबार हात्तीका लागि घाँस काट्दै गर्दा हात्तीसारका पछुवा पुलिसराम थारूको बाघले आक्रमण गर्दा ज्यान गएको थियो ।

वन्यजन्तु प्राविधिकहरुले आइतबार राति नै उक्त बाघलाई पछ्याउँदै डार्ट गरेर नियन्त्रणमा लिएर खोरमा राखेका थिए । यसअघि पनि निकुञ्जले कात्तिकयता आइतबारसम्म पटक–पटक मान्छेलाई आक्रमण गर्ने ४ वटा बाघ नियन्त्रणमा लिएको थियो । गेरुवा गाउँपालिकाबाट दुई, मधुवन नगरपालिका र निकुञ्जभित्रैबाट एक/एक वटा बाघलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकामध्ये बाँके निकुञ्जको खोरमा राखिएको एउटा बाघ खोर भत्काएर भागेको थियो । एउटा बाघ निकुञ्जको रम्मापुर र अर्को ठाकुरद्वारा खोरमा छ । गत वर्ष पनि एउटा बाघ नरभक्षी भएको शंकामा निकुञ्जले नियन्त्रणमा लिएको थियो । त्यो बूढो बाघ भने प्राकृतिक कारणले खोरमै मरेको थियो ।

गत वर्षदेखि बर्दिया निकुञ्जभित्र र बाहिर बाघको आक्रमण बढेको छ । दुई वर्षमा २० जना मारिएको निकुञ्जले जनाएको छ ।

सम्बन्धित समाचार

प्रकाशित : चैत्र २३, २०७७ ११:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×