कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वनको डढेलो बस्तीमा सल्किँदा धनकुटामा २ घर जले

रमेशचन्द्र अधिकारी

धनकुटा — सामुदायिक वनमा लागेको डढेलो बस्तीमा  सल्किँदा धनकुटाको सहिदभूमि गाउँपालिका–१ जगदेउ बस्तीमा दुई घर जलेका छन् ।

वनको डढेलो बस्तीमा सल्किँदा धनकुटामा २ घर जले

आइतबार अपरान्हदेखि लागेको डढेलो साँझ बस्तीमा सल्किएको प्रहरीले जनाएको छ। त्रिवेणी सामुदायिक वनबाट सुरु भएको डढेलो जगदेउ गाउँमा पस्दा स्थानीय नरबहादुर बोगटी र राजबहादुर बोगटीको घर जलेको प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैशवालले जानकारी दिए । दुवै घर पूर्ण रुपमा नष्ट भएका छन ।

त्रिवेणी सामुदायिक वनको डढेलो अहिले नजिकको खैरेनी सामुदायिक वनमा समेत सल्किएको छ । आगो नियन्त्रणका लागि प्रहरी, स्थानीयवासी खटिएको सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले बताए । आगलागीका कारण आधा दर्जन घरपालुवा पशु मरेका छन् ।

डढेलोका कारण दुई दिनको अवधिमा धनकुटा जिल्लामा चार घर गोठमा क्षति पुगेको छ । यसैबीच, गएराति धनकुटा बजारसँगै रहेको सल्लेरी वनमा समेत डढेलो लागेको छ । त्यहाँको डढेलो दमकलसहित सुरक्षाकर्मीले निभाएका छन् । उता, सदरमुकाम नजिकको चुलीवन र रानीवनमा लागेको डढेलो पूर्णरुपमा नियन्त्रणमा आएको छैन । त्यहाँ ५ वटा दमकलसहित सुरक्षाकर्मी डढेलो नियन्त्रणमा खटिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिए । डढेलोले चुलीवन र रानीवनमा हालसम्म ४७ हेक्टर वनमा क्षति पुर्‍याएको छ । जिल्लाभर ४० वटा सामुदायिक वनको ५ सय हेक्टर वन डढेलोको चपेटामा परिसकेको छ ।

प्रकाशित : चैत्र २३, २०७७ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?