२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

धनकुटाको चुलिवनको डढेलो नियन्त्रण हुन सकेन

रमेशचन्द्र अधिकारी

धनकुटा — चुलिवन क्षेत्रमा शनिबार लागेको डढेलो दोस्रो दिन पनि नियन्त्रणमा आउन सकेको छैन । धनकुटा नगरपालिका–७ र ८ वडाको बस्तीनजिक डढेलो लागेको हो ।

धनकुटाको चुलिवनको डढेलो नियन्त्रण हुन सकेन

धनकुटा–८ को टेकुनाला क्षेत्रको जंगलबाट सल्किएको आगो ७ नं. वडाको मगर बस्ती, कालिकास्थान र लाफा चोक आसपासका बस्ती छेउबाट अन्यत्र सल्किएको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले धनकुटा बजारबाट करिब एक किलोमिटर नजिक रहेको डढेलो आइतबार पनि नियन्त्रणमा आउन नसकेको बताए ।

त्यस क्षेत्रका बस्ती जोगाउन पाँच वटा दमकलले प्रयास गरेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अग्नि नियन्त्रकहरू उक्त स्थानमा खटिएका छन् । डढेलोले धनबहादुर पौडेल र इन्द्रबहादुर रसाइलीको दुई घर गोठ जलेर पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र २३, २०७७ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?