कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदेश १ मा माओवादीले अविश्वास प्रस्ताव फिर्ता लिने

मोरङ — प्रदेश १ सभाको सोमबार बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिइने भएको छ । मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता गरिएको अविश्वास प्रस्तावका प्रस्तावक माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सोमबार बस्ने प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव फिर्ता लिने बताएका छन् ।

प्रदेश १ मा माओवादीले अविश्वास प्रस्ताव फिर्ता लिने

‘अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका बहुसंख्यक प्रदेशसभा सदस्यले हस्ताक्षर फिर्ता लिइसकेकाले अब यसको औचित्य छैन,’ उनले भने, ‘त्यसैले प्रदेशसभा बैठकमा अविश्वासको प्रस्ताव फिर्ता लिने प्रस्ताव गरेर यो विषय टुंग्याउँछौं ।’

तत्कालीन नेकपाका ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित आङ्बोले मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा पुस १२ मा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

प्रस्तावमा हस्ताक्षर गरेका माओवादीको तत्कालीन संसदीय दलका नेतासहित २३ जनाले हस्ताक्षर फिर्ता लिएपछि माओवादी प्रस्ताव फिर्ता लिन बाध्य भएको हो । अविश्वास प्रस्ताव प्रदेशसभामा टेबल भइसकेकाले प्रस्तावकले फिर्ता लिने प्रस्ताव बैठकमा लगेर पारित गराउनुपर्छ । अविश्वास प्रस्तावकै कारण चालु प्रदेशसभाको हिउँदे अधिवेशनको एउटा मात्रै पूर्ण बैठक बसेको छ ।

अविश्वास प्रस्ताव पेस भएपछि अल्पमतमा परेको सरकारले प्रदेशसभालाई बिजनेस दिन चाहेको छैन । हालसम्म एउटा मात्रै विधेयक प्रदेशसभामा दर्ता भएको छ । अविश्वास प्रस्ताव फिर्ता भएपछि मात्रै प्रदेशसभालाई बिजनेस दिने सरकारको तयारी छ ।

प्रदेशसभा सचिवालयले बैठकमा माओवादी केन्द्रका लागि छुट्टै कुर्सीको व्यवस्था गरिसकेको छ तर कानुनी र प्रक्रियागत कारणले सोमबार दिउँसो २ बजेको बैठकमा सत्ता पक्षमै बस्ने माओवादी केन्द्रको संसदीय दलका नेता आङ्बोले बताए ।

प्रकाशित : चैत्र २३, २०७७ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?