१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रदेश १ को माओवादी केन्द्र संसदीय दलको नेतामा आङ्बो सर्वसम्मत

देवनारायण साह

मोरङ — प्रदेश १ को माओवादी केन्द्र संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बोलाई सर्वसम्मत चयन भएका छन् ।  

प्रदेश १ को माओवादी केन्द्र संसदीय दलको नेतामा आङ्बो सर्वसम्मत

ज्येष्ठ सदस्य शौभाग्यबत्ती राईको अध्यक्षतामा सोमबार बसेको बैठकले दलको नेतामा आङ्बोलाई चयन गर्ने निर्णय गरेको हो । साथै बैठकले दलको विधान पनि पारित गरेको नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । त्यसपछि नेता आङ्बोको अध्यक्षतामा बसेको बैठकले उपनेतामा रामकुमार राई, प्रमुख सचेतकमा झलकबहादुर मगर र सचेतकमा शौभाग्यबत्ती राईलाई चयन गरेको छ । यसअघिका दलका नेता टंक आङ्बोहाङ एमालेको केन्द्रीय सदस्यका साथै एमालेबाट प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री भइसकेकाले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको नेता आङ्बोले बताए । ‘आङ्बोहाङलाई मंगलबार पत्र पठाएर स्पष्टीकरण सोध्ने र जवाफ दिएर माओवादी केन्द्रमै बस्ने जवाफ आएको अवस्थामा स्वागत गर्छौं,’ उनले भने, ‘जवाफ नआएको अवस्थामा संसदीय दलको सदस्यबाट हटाउने प्रक्रिया अगाडि बढाउँछौं ।’

उनले मुख्यमन्त्री शेरधनन राईविरुद्ध प्रदेशसभामा टेबल भइसकेको अविश्वास प्रस्तावको बारेमा एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरुसँग छलफल गरेर निर्णय लिने बताए । ९३ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रको १६ जना प्रदेशसभा सदस्य थिए । जसमध्ये संसदीय दलका नेतासमेत रहेका आङ्बुहाङ एमालेमा प्रवेश गरेका छन् । सरस्वती पोखरेल उपसभामुख छिन् ।

यसैबीच, आङ्बोले प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव टेबल भइसकेको अवस्थामा मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तार गर्नु कानुनी राज्यको मान्यताविपरीत कार्य भएको टिप्पणी गरे ।

प्रकाशित : चैत्र १६, २०७७ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?