१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

समाधिस्थल भत्काएपछि विवाद

धनकुटा — छथर जोरपाटी गाउँपालिका–६ स्थित समाधिस्थल भत्काएको विषयमा विवाद भएको छ । सिधुवा बजार नजिकको क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले प्रयोग गर्दै आएको चिहानडाँडास्थित समाधिस्थल डोजर लगाएर भत्काइएपछि विवाद उब्जिएको हो । स्थानीय डम्बरबहादुर थापाले राति डोजर प्रयोग गरेर चिहान भत्काएको भन्दै गाउँलेले विरोध जनाएका हुन् ।

समाधिस्थल भत्काएपछि विवाद

सिधुवा बजार व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार श्रेष्ठका अनुसार वि.सं. १९०० साल पहिले सिधुवाका नेवार समुदायले आफन्तको मृत्युपछि उक्त स्थानलाई समाधिस्थलका रूपमा प्रयोग गर्दै आएका हुन् ।

२०३१ सालमा नापीमा समेत चिहानका रूपमा उक्त स्थान प्रयोग गर्न छुट्याइएको स्थानीयको भनाइ छ । त्यस स्थानमा रहेका १५ वटा चिहान डोजरले उत्खनन गरेर यत्रतत्र छरेको स्थानीयले बताए । स्थानीयले विज्ञप्तिमार्फत घटनाबारे छानबिन गरिनुपर्नेमा जोड दिएका छन् । थापाले आफ्नो नामको कृषि फर्ममा सडक खन्ने क्रममा चिहान खनिएको बताए । दर्शन बहुउद्देश्यीय एग्रो कृषि फर्म खोलेकाले मुख्य सडकसँग जोड्न सडक विस्तार गरिँदा उक्त घटना भएको थापाको भनाइ छ । गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले विवादका विषयमा आफूलाई जानकारी आएको बताए । उनले छिट्टै दुवै पक्ष राखेर समस्या समाधान गर्ने जनाए ।

प्रकाशित : चैत्र १५, २०७७ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?