१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दुई किलो अफिमसहित दुई भारतीय महिला पक्राउ

पर्वत पोर्तेल

काँकडभिट्टा — लागूऔषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले बुधबार करिब दुई किलो अफिमसहित दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ।

दुई किलो अफिमसहित दुई भारतीय महिला पक्राउ

झापा, मेचीनगर–६ स्थित न्यून विशाल होटलमा बसेका मणिपुर कांगलातुम्बीकी ३० वर्षीया लक्ष्मी क्षेत्री र पश्चिम बंगाल पंचखेलगुडीकी–३८ की गायत्रीदेवी क्षेत्रीलाई प्रहरी टोलीले अफिमसहित पक्राउ गरेको हो ।

बरामद सामानको मूल्य करिब २ लाख भारु हुन आउने जनाइएको छ । अभियुक्तलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित : फाल्गुन २७, २०७७ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?