१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ताप्लेजुङमा एमाले र माओवादीले कुर्सी, टेबल बाँडे

आनन्द गौतम

ताप्लेजुङ — नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रले कुर्सी र टेबल बाँडेका छन् । अदालतको निर्णयपछि मंगलबार अन्तिम बैठक गरेका दुई पार्टीले एकताका बेला संकलन गरे जसरी नै वितरण गरिएको माओवादी केन्द्रका कार्यालय सचिव सुरज ओझाले बताए । 

ताप्लेजुङमा एमाले र माओवादीले कुर्सी, टेबल बाँडे

ओझाका अनुसार छुट्टै कार्यालय राख्ने भएको माओवादी केन्द्रले सोफासेट, तीनवटा दराज, टि टेबल र ५० वटा कुर्सी ल्याउने भएको छ । ‘हामीले पहिला त्यति नै लगेका थियौं, ती जस्तो अवस्थामा छन् त्यस्तै अवस्थामा ल्याउने भयौं,’ ओझाले भने, ‘बुधबार देखि नै पार्टी कार्यालय सञ्चालनमा ल्याउँछौं ।’ वीरेन्द्र चोकमा रहेको काजी गुरुङको घरमा कार्यालय राख्ने टुंगो भएको उनले जानकारी दिए । अन्तिम बैठक भावनात्मक भएको पनि उनले बताए । ‘यो बिचमा जति तितोमिठो भयो सबैले सम्मान पूर्वक लियौं भन्दै छुट्यौं,’ ओझाले भने ।

एमालेको भने दुईवटा पार्टी कार्यालय हुने भएको छ । माओवादीलाई बिदाई गरेपछि बलबहादुर साम्सोहाङ नेतृत्वले पुरानै कार्यालयमा एमालेको बोर्ड राख्ने भएको छ भने केपी शर्मा ओली समूहले नियुक्त गरेको भुपेन्द्र थेबे नेतृत्वको समूहले मंगलबार बिहानै बोर्ड राखेको छ । थेबेले आफू आधिकारिक रहेको पनि दाबी गरेका छन् ।

प्रकाशित : फाल्गुन २५, २०७७ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?