बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

पर्वत पोर्तेल

काँकडभिट्टा — पूर्व–पश्चिम राजमार्गको शिवशताक्षी नगरपालिका–१ यलम्बर चोकनजिकै मंगलबार बिहान यात्रुवाहक बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

पश्चिमतर्फ आउँदै गरेको मे१ख २७४६ नं. को बस र विपरीत दिशातर्फ जाँदै गरेको को३८प ४१९४ नं. को स्कुटर ठोक्किएर भएको दुर्घटनामा स्कुटर चालक इलाम, चुलाचुली गाउँपालिका–४ बस्ने वर्ष ३८ का राजेन्द्र देवानको मृत्यु भएको हो ।

घटनामा स्कुटरमा सवार सोही स्थानका ४० वर्षीय पूर्ण राई घाइते छन् । उनको बी एन्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । बस चालक अर्जुनधारा नगरपालिका–११ का मानबहादुर पुरीलाई प्रहरीले पक्राउ गरेको छ । बस र स्कुटर इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।

प्रकाशित : फाल्गुन २५, २०७७ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?