उद्योगमा करेन्ट लागेर एकको मृत्यु- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उद्योगमा करेन्ट लागेर एकको मृत्यु

कान्तिपुर संवाददाता

मोरङ — मोरङ बेलबारी नगरपालिका-७ का २४ वर्षीय आशिष मग्रातीको सुनसरीको दुहबीस्थित एक उद्योगमा करेन्ट लागेर मृत्यु भएको छ ।

दुहबी–२ स्थित मैनावती स्टिल फ्याक्ट्रीमा ना४ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा ट्रकका सहचालक मग्रातीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलेक्ट्रिक क्रेनमा करेन्ट लागी घाइते भएका उनको विराटनगरस्थित विराट अस्पताल उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।


प्रकाशित : फाल्गुन २४, २०७७ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्

कुन पार्टीको प्रधानमन्त्री हो भन्‍ने जानकारी लिन सर्वोच्च जानुस् : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल-नेपाल समूहका नेता भीम रावललाई सर्वोच्च अदालतमा गएर कुन पार्टीको प्रधानमन्त्री हो भनेर सोध्न आग्रह गरेका छन् ।

केपी शर्मा ओली । फाइल तस्बिर ।

आइतबारदेखि सुरु भएको प्रतिनिधिसभा बैठकमा सांसद भीम रावलले 'प्रधानमन्त्री कुन पार्टीको हो' भनेर प्रश्‍न गरेका थिए । सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले केही मान्छेले अदालतले भनेको पनि नसुन्ने गरेको आरोप लगाएका हुन् ।

रावललाई जवाफ दिँदै ओलीले भने, 'हुँदाहुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकरी पाउँ रे । सर्वोच्च अदालत जाउ कुन पार्टीको हो भन्ने जानकारी लिन ।' उनले उल्टै रावललाई प्रश्न गरे, 'मैले उहाँहरुलाई सोध्न नपरोस् तपाईं कुन पार्टीको हो ? मलाई साधारण सदस्यबाट पनि निकाल्नु भएको थियो । अदालतले भनेको पनि नसुन्ने । देख्नै नसक्ने, देख्नै नखोज्ने, सुन्नै नखोज्ने ।'

सर्वोच्च अदालतले आइतबार आधिकारिक नेकपा ऋषि कट्टेलको हो भनेपछि साविककै एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले पुन:स्थापित संसदमा देशका समस्याबारेमा छलफल हुन पाउनेपर्ने भए पनि आइतबार त्यस्तो अवस्था नभएको बताए । उनले भने, 'संसद पुन:स्थापना भयो, ठीक छ । पुन:स्थापित संसद्लाई देशका समस्याका बारेमा छलफल गर्ने, समाधान गर्ने थलो बनाऔँ । अगाडि माननीय लेखिएको हुन्छ । माननीयले बोल्ने भाषामा छलफल गरौं न । छलफल गरेको हो कि ? धामी नाँच हो कि ? गुर्र कुदेर आएर रोष्ट्रममा नारा लगाएका छन् । अध्योदश फेल गरे भयो नि । अध्यादेश पेस गर्न पाइँदैन भनेर नाराबाजी भयो ।'

आइतबारको संसद् बैठक दाहाल-नेपाल समूहले बहिष्कार गरेको थियो भने प्रमुख प्रतिपक्षी दल कांग्रेस र जसपाले नाराबाजी गर्दै रोष्ट्रम घेरेका थिए । त्यसपछि संसद्को बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्छ भनेर सीमानाको झगडाजस्तो मुद्दा लडेका राजनीतिक मान्छेले एउटा फैसलामा अदालतको जयजयकार अर्को फैसलामा राजनीतिक फैसला भनेर टिप्पणी गरेको पनि ओलीको भनाइ थियो । उनले संसद् अधिवेशनको पहिलो बैठक सुखद नरहेको उल्लेख गर्दै भने, 'संसद् बैठकको पहिलो दिनमै गाँसमा झिंगा परेजस्तो भो ।'

त्यस्तै अहिलेको सरकार समाजिक न्याय र समानताका लागि प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री ओलीको भनाइ थियो । 'यो प्रचारका लागि मात्रै हैन । हामीलाई उपलब्धि हासिल गर्न छ । देखाउनलाई हैन । सकारात्मक भिन्नता ल्याउनु छ,' उनले भने । एसिड आक्रमणकारीविरुद्ध अध्यादेशविरुद्ध कडा कानुन ल्याउँदा पनि केहीले विरोध गरेको ओलीले बताए ।

प्रकाशित : फाल्गुन २४, २०७७ १४:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×