१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

मध्यतमोर जलविद्युत्‌को सुरुङ खन्‍ने क्रममा दुई मजदुरको मृत्यु

आनन्द गौतम

ताप्लेजुङ — निर्माणाधीन मध्यतमोर जलविद्युत्‌ आयोजनाको सुरुङमा काम गर्ने दुई मजदुरको मृत्यु भएको छ । उदयपुरका २२ वर्षका अमर विश्वकर्मा र भोजपुरका सन्तोष बानियाँको मृत्यु भएको आयोजनाका जनसम्पर्क अधिकृत करण गौतमले जानकारी दिए । उनीहरुको शनिबार दिउँसो मृत्यु भएको हो ।

आयोजनाका भूगर्भविद् सूर्य लिम्बुका अनुसार सुरुङ खन्ने क्रममा ढुंगाले लागेर उनीहरुको मृत्यु भएको हो । ‘सुरुङ खनेर जाँदा सपोर्ट लगाउनु पर्छ, त्यो लगाउने माथिबाट लडेको ढुंगाले लागेर दुईजनाको देहान्त भयो’, लिम्बुले भने । सुरुङभित्र पसेका अरु सकुशल रहेको लिम्बुले बताए ।

मिक्वाखोला गाउँपालिका २ खोक्लिङको थुम्वाबाट फक्ताङलुङ गाउँपालिका १ सावादिन तर्फ सुरुङ खन्ने क्रममा दुर्घटना भएको हो । आउटलेट टर्नेलबाट हेडबक्सतर्फ १३ सय ९७ मिटर सुरुङ निर्माण भएको छ । त्यही पुग्दा दुईजना दुर्घटनामा परेको लिम्बु बताउँछन् ।

७३ मेगावाट क्षमताको यो आयोजना २०७४ सालबाट निर्माण सुरु भएको हो । २०७८ मा निर्माण सम्पन्न हुने आयोजनाको सुरुङमार्ग ३ हजार ३ सय ६७ मिटर निर्माण गर्नुपर्ने हुन्छ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड कम्पनीले निर्माणको जिम्मा पाएको छ ।

प्रकाशित : फाल्गुन २२, २०७७ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?